गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति
काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । उनले बिहीबार आत्मदाह प्रयास गरेका थिए । भोलिपल्ट असार शुक्रबार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो । उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन । नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति जुटेको हो ।
यस्तो छ सहमति पत्र

















