सबै काम तत्काललाई स्थगित – सम्पत्ति छानबिन आयोग
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सूचना निकालेर आफ्नो काम तत्काललाई स्थगन गरेको छ । सर्वोच्च अदालतले बुधबार (असार ३१( आयोगलाई सम्पत्ति विवरण संकलन, छानबिन र कारबाही सिफारिससम्बन्धी सम्पूर्ण काम यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । यही कारण दर्साउँदै आयोगले काम–कारबाही रोकेको हो ।
सम्पत्ति छानबिन आयोगका काम सर्वोच्चबाट अर्को आदेश नभएसम्म रोकिने
आयोगले सर्वोच्चको अन्तरिम आदेशपछि आफ्ना काम हाललाई स्थगन गरिएको बिहीबार (असार ३२) प्रकाशित सूचनामा जनाएको छ । अब आयोगले सर्वोच्चबाट अर्को आदेश नभएसम्मका निम्ति सम्पत्ति विवरण लिने र अनुसन्धान गर्ने कार्य रोक्नेछ ।

















