गरिमा विकास बैंकद्वारा एकैसाथ तीन नवीनतम डिजिटल बैंकिङ सेवा सार्वजनिक

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३।८४ को अवसर पारेर एकैपटक तीनवटा नवीनतम डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पीओएस टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो। बैंकका अनुसार गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिनेछ। यसले विदेशमा उपलब्ध डिजिटल सेवा तथा वस्तुको अनलाइन भुक्तानी गर्न चाहने ग्राहकलाई सहज बनाउने बैंकको विश्वास छ। त्यस्तै, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीले डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट सुरक्षित, छिटो तथा भरपर्दो डिजिटल भुक्तानी लिन सक्नेछन्। यो सेवाले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै व्यावसायिक कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *