चाइना ट्रेड बहुउद्देश्यीय सहकारी २०औं वर्षमा
काठमाण्डौ । न्यूरोड खिचापोखरीमा रहेका चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। संस्थाको १९औँ स्थापना दिवसका अवसरमा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संस्थाले सदस्यको आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा सुशासनलाई केन्द्रमा राखी सेवा दिँदै आएको उल्लेख गरेका छन्। उनले २९ जना संस्थापक सदस्यबाट सुरु भएको संस्था हाल करिब दुई हजार शेयर सदस्यसम्म विस्तार भएको जानकारी दिँदै सदस्य समर्पित अग्रणी सहकारी बन्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको बताए। अध्यक्ष श्रेष्ठका अनुसार संस्थाको शेयर पूँजी रु आठ करोड, कुल निक्षेप रु ७५ करोड तथा ऋण लगानी रु ३८ करोड पुगेको छ।
संस्थाले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) अनुरूप लेखा प्रणाली लागू गर्नुका साथै आफ्नै भवनबाट प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको उनले जनाएका छन्। रहेको संस्थाले सदस्यको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन, सदस्य शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा सुशासनलाई संस्थाका प्रमुख रणनीतिक प्राथमिकताका रूपमा अघि बढाइएको अध्यक्ष श्रेष्ठद्वारा जारी सन्देशमा उल्लेख छ। सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले पदयात्रा, रक्तदान, ४० वर्षमाथिका पुरुषका लागि प्रोस्टेट क्यान्सर परीक्षण शिविर, साना तथा मझौला उद्यमी सदस्यका लागि ‘सीएचआईटीसीओएल डिजिटल क्याटालिस्ट’ तालिम, वित्तीय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। संस्थाले ूसदस्य समर्पित अग्रणी सहकारीको स्पष्ट भिजन र आर्थिक सशक्तिकरण र नवप्रवर्तन मार्फत सदस्य समृद्धिमा योगदान पुर्याउनेू मूल मिसनलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको छ । संस्थाको विकासमा योगदान पुर्याउने शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व पदाधिकारी तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा दिगो सुशासन, डिजिटल सहकार्य र सदस्य केन्द्रित सेवालाई थप प्रभावकारी बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याइने विश्वास व्यक्त गरेका छन्।














