झिनो गोलमा अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

स्पेन सन् २०२६ को फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। सन् २०१० मा अतिरिक्त समयमा गोल गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि आइतबार राति सोही इतिहास दोहोर्‍याएको हो। अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेस स्पेनका लागि नायक बने। उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई छक्याउँदै गोल गरे। यो गोलले लिओनल मेसी र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पारिदियो। ३९ वर्षीय मेस्सीका लागि यो प्रतियोगिताकै सबैभन्दा शान्त खेल रह्यो। खेलको सुरुवाती १५ मिनेटमा उनले केवल एक पटक बल छोएका थिए, त्यो पनि खेल सुरु गर्दाको किक अफमा मात्र थियो। अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन। स्पेनले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै दबाब बनाए पनि टोरेसको गोल अघिसम्म निर्णायक अग्रता लिन सकेको थिएन। खेलको बीचमा मडोना, बीटीएस, जस्टिन बिबर र साकिरा जस्ता कलाकारहरूको २७ मिनेट लामो ुहाफ(टाइम शोु का कारण खेल केही समय रोकिएको थियो। खेल अतिरिक्त समयतर्फ धकेलिँदै गर्दा अर्जेन्टिना दबाबमा पर्‍यो। अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीलाई खराब फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। एक खेलाडी बढी हुनुको फाइदा उठाउँदै अतिरिक्त समयको ३० मिनेटमा स्पेनले पूर्ण नियन्त्रण जमायो। निकोलस ओटामेन्डीमाथि फाउल भएको भन्दै स्पेनको एउटा गोल रद्द गरिए पनि अन्त्यमा टोरेसको गोल नै जितका लागि पर्याप्त बन्यो। स्पेनले खेलभरि अर्जेन्टिनाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरिरह्यो। क्वाटरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराए जस्तै यस खेलमा पनि पेड्रो पोरोको भूमिका महत्वपूर्ण रह्यो। प्रतियोगिताभरि मात्र एक गोल खाएको स्पेनले उत्कृष्ट रक्षापंक्ति र स्पष्ट खेल शैलीको प्रदर्शन गर्‍यो। टोली केवल स्टार खेलाडी लामिन यमलमा मात्र निर्भर थिएन, बरु एउटा पूर्ण टिमका रूपमा मैदान उत्रिएको थियो।

मेसीका लागि यो अन्त्य निकै खल्लो रह्यो। खेलको अधिकांश समय उनी बलका लागि संघर्ष गरिरहेका देखिए। अर्जेन्टिनाको पूरै प्रणाली मेसीमा निर्भर देखिन्थ्यो, तर स्पेनको रणनीति अगाडि मेसी निरिह बने। अतिरिक्त समयमा उनले गरेको एउटा प्रहार पनि स्पेनिस डिफेन्डरले ब्लक गरिदिए। १० वर्षअघि यही मेटलाइफ स्टेडियममा कोपा अमेरिकाको फाइनल हार्दा मेसीले सन्यासको घोषणा गरेका थिए। तर पछि फर्किएर उनले अर्जेन्टिनालाई एक विश्वकप र दुई कोपा अमेरिकाको उपाधि दिलाए। यस पटक पनि उनी सुखद बिदाइको खोजीमा थिए, तर भाग्यले साथ दिएन। एन्जो फर्नान्डेजको गल्ती अर्जेन्टिनाका लागि महँगो सावित भयो। सुरुमा रेफ्रीसँग विवाद गरेर पहेँलो कार्ड खाएका उनले खेलको अन्त्यतिर अनावश्यक फाउल गरेर रातो कार्ड पाए। यसले अर्जेन्टिनालाई रक्षात्मक रणनीति अपनाउन बाध्य बनायो र अन्ततः टोलीले हार बेहोर्नुपर्‍यो। स्पेनले आफ्नै शैलीको आक्रामक फुटबल खेल्दै र मेस्सीलाई रोक्न सफल हुँदै विश्व फुटबलको च्याम्पियन बनेको छ। मेस्सीको ३९ वर्षको उमेरमा विश्वकप जित्ने सपना अधुरै रहँदा, फेरान टोरेसको गोलले स्पेनको फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *