व्यक्तिगत अवार्डमा स्पेनका रोड्री सर्वोत्कृष्ट खेलाडी हुँदा अरु अवार्ड क-कसले जिते ?
स्पेनका कप्तान रोड्रीले फिफा विश्वकप २०२६ को सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका छन्। प्रतियोगिताभरि उत्कृष्ट र प्रभावशाली प्रदर्शन गर्दै उनले अवार्ड जितेका हुन्। त्यस्तै अर्जेन्टिनाका स्टार लिओनल मेसीले सिल्भर बल (दोस्रो उत्कृष्ट खेलाडी) हात पारे भने फ्रान्सका किलियन एम्बाप्पेले ब्रन्ज बल प्राप्त गरे। फ्रान्सका स्टार किलियन एम्बाप्पेले १० गोल गर्दै गोल्डेन बुट जितेका छन्। उनले सन् २०२२ मा पनि अवार्ड हात पारेका थिए। शनिबार मियामीमा भएको तेस्रो स्थानको रोमाञ्चक खेलमा फ्रान्स इङ्गल्याण्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गरेका थिए। योसँगै उनी विश्वकप इतिहासकै अल–टाइम लिडिङ स्कोरर (सबैभन्दा बढी गोल गर्ने खेलाडी) बनेका छन्। उनले लियोनेल मेस्सी (८ गोल) लाई पछि पार्दै यो सफलता पाएका हुन्। स्पेनका गोलकिपर उनाई सिमोनले गोल्डेन ग्लोभ्स जितेका छन्। उनलाई यो विश्वकपमा गोल गर्न असम्भव जस्तै देखियो। पुरै प्रतियोगिता अवधिभर उनले मात्र १ गोल खाएका थिए, जुन उनको उत्कृष्ट प्रदर्शनको प्रमाण हो। स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले सर्वोत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन्। बार्सिलोनाकास्टारले मैदानमा देखाएको संयम र मजबुत रक्षापंक्तिका कारण नै स्पेनले प्रतियोगिताभर मात्र एक गोल खान पुग्यो।
पुरस्कारहरूको सूची
गोल्डेन बल (उत्कृष्ट खेलाडी) : रोड्री (स्पेन)
सिल्भर बल : लिओनल मेसी (अर्जेन्टिना)
ब्रन्ज बल : किलियन एम्बाप्पे (फ्रान्स)
गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) : किलियन एम्बाप्पे (१० गोल)
गोल्डेन ग्लोभ्स (उत्कृष्ट गोलकिपर) : उनाई सिमोन (स्पेन)
युवा खेलाडी : पाउ कुबार्सी (स्पेन)














