कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा पुनरवलोकन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता भएको छ । कांग्रेस सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्चको फैसला पुनरवलोकनको माग गर्दै संस्थापन इतर पक्ष पुनः सर्वोच्च पुगेको हो । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काको तर्फबाट पुनरवलोकन निवेदन परेको हो । उक्त निवेदनमाथि तीनजना न्यायाधीशको इजलासमा सुनुवाइ भई अघि बढाउन ‘निस्सा’ दिने वा नदिने विषयमा निर्णय हुने छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट अध्यक्ष बनेका थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गर्ने सर्वोच्च अदालतको पूर्वनिर्णयमा तथ्य, प्रमाण र कानुनको गलत विश्लेषण गरिएको दाबीसहित उल्ट्याउन पुनरवलोकन निवेदनमा माग छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *