श्री बाराही साकोसद्वारा स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान सम्पन्न

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रम ४८ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका उपाअध्यक्ष बलराम प्रजापति र व्यवस्थापक शिवजी हाकुदुवालले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थाले हरेक वर्ष गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए। साथै सहकारी संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागी रक्तदाताका साथै सम्पूर्ण स्वयंसेवक, सहयोगी संस्थाका पदाधिकारी तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ। विरामीहरुको उपचारका लागि अत्यावश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्न तथा मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएको छ । मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, उपसमिति, कर्मचारी, सदस्य तथा स्थानीय समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेकोको संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *