आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल सिनेमा हलमा १२ प्रतिशत छुट

काठमाडौ । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलार्ई बज इन्टरटेन्मेन्ट नाममा दर्ता भई सञ्चालित दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त साझेदारिमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सन्जोग गुरुङ्ग, बजार प्रतिनिधि सरिना श्रेष्ठ र जय नेपाल सिनेमाहलको तर्फबाट प्रबन्ध निर्देशक रुपेशकुमार श्रेष्ठ र निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, आइ.एफ.सी. फाइनान्सका ग्राहकहरूले जय नेपाल सिनेमाहलमा चलचित्र हेर्दा टिकटको कुल मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *