सुरक्षा परिषद्को बैठक आज बस्ने
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (साउन १४) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा परिषद्को बैठक बस्नेछ । पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा बैठकमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिव रहने व्यवस्था छ ।

















