सिक्री लुटपाटमा संलग्नलाई पक्रान बूढानीलकण्ठमा प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले बुढानीलकण्ठ नगरपालिका चुनिखेलमा एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न कर्मा लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सिक्री लुटपाट गरी भाग्दै गरेका थिए । लामालाई प्रहरीलाई दुर्व्यवहारको प्रयास गरेपछि गोली चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले तीन राउन्ड गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो । घुँडामुनि गोली लागेका लामाको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *