काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा सोमबार दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । बैठकलाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनयता जारी छ ।