शुभकामना साकोसका कर्मचारीलाइ ‘सहकारीमा एआईको प्रयोग’ सम्बन्धी तालिम

काठमाडौं । शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा कर्मचारीहरूका लागि ‘एआई इन कोअपरेटिभ’ विषयक दुईदिने विशेष तालिम सम्पन्न भएको छ । संस्थाको सभाहलमा साउन ३० र ३१ गते आयोजित तालिममा कर्मचारीहरूलाई दैनिक कार्यक्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने उपाय तथा कृत्रिम बौद्धिकता (एआई) मार्फत संस्थागत दक्षता अभिवृद्धि गर्ने व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिमका प्रशिक्षक गोपाल किसीले सहकारीको दैनिक कार्यसम्पादनमा एआईको उपयोग, प्रविधिमैत्री कार्यशैली र सेवा प्रवाहमा यसको प्रभावकारिताबारे प्रशिक्षण दिएका थिए । तालिमले कर्मचारीहरूको कार्यक्षमता तथा प्रविधिको प्रयोगसम्बन्धी क्षमता अभिवृद्धि गर्दै सदस्यहरूलाई थप आधुनिक, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा योगदान पुग्ने संस्थाले विश्वास व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *