मोदीले गरे प्रधानमन्त्री बालेनसँग संवाद, सबै किसिमका सहायता पठाउन भारत तयार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहसँग फोन संवाद गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद् प्रभावित क्षेत्रमा सबै किसिमका सहायता पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार फोनसम्पर्क गर्दै विपद्को यस अवस्थामा आफू र भारत नेपालको साथमा रहने प्रतिबद्धता प्रधानमन्त्री बालेनसँग व्यक्त गरेको मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

भारत नेपाललाई हर किसिमको सहायता उपलब्ध गराउन तयार छ । विपद्प्रति कार्यमा सघाउन हाम्रो टोली तयारी अवस्थामा छ । दुःखको यस घडीमा हामी नेपालसँगै छौँ, मोदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मोदीले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *