राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् । भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि थापाले यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित रहन अनुरोध गरे ।

विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने पनि उनको भनाइ छ । नेपाली कांग्रेसका सम्पूर्ण समितिहरू, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाका नेतृत्व एवं सबै सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न उनले अपिल गरेका छन् । विपदको अवस्थामा भोटेकोसी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *