पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबार आएको बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *