बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा

काठमाडौं । नेपालका विभिन्न भूभागमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति बीएलसी परिवार गहिरो दुःख व्यक्त गरेको छ । विपत्तिमा ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति र जीविकोपार्जनबाट वञ्चित भएका छन्। यस्तो कठिन घडीमा पीडित परिवारलाई राहतसँगै सुरक्षित आवास र पुनःस्थापनाको आधार आवश्यक छ।

यसै उद्देश्यले बीएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनका तर्फबाट बाढीपीडित परिवारको पुनर्वासका लागि संयुक्त रूपमा ३ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उक्त सहयोग वास्तविक पीडित परिवारको पुनर्वासका लागि प्रभावकारी रूपमा खर्च गरिने जानकारी गरिने छ । उद्धार, राहत तथा पुनर्स्थापनामा खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय, सामाजिक संस्था र सहयोगी सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। विपत्तिको यस घडीमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ(आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *