भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हालसम्म दुई हजार ७४२ जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । २५ जना प्रहरी बेपत्ता छन् । सात हजार ८९४ सुरक्षाकर्मी उद्धार तथा खोजमा खटिएका छन् ।

















