मनकामना केबलकार र चितवन मिल्कको तर्फबाट बाढी पीडितका लागी साढे एक करोड सहयोग
काठमाडौं। हालै रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको अवस्थामा उद्धार तथा राहतका लागि सहयोग जुट्ने क्रम जारी छ। यस क्रममा चितवन कोई ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोठ ५० लाख सहयोग गरेको छ। जसअन्तर्गत नेपालको पहिलो केबुलकार मनकामना दर्शन प्रा. लिको तर्फबाट एक करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लि.को तर्फबाट २५ लाख रुपैयाँ सहयोग गरिएको हो।
संस्थाका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको दृढ विश्वास भएको उक्त संस्था विपत्तिको अवस्था सारथी बन्दै आएको छ। यो योगदानले तत्काल राहत पुर्याउन, प्रभावित परिवारहरूलाई पुनःस्थापना गर्न र समुदायको पुनर्निर्माणका लागि भइरहेका प्रयासहरूलाई थप बल पुर्याउने विश्वास गरिएको छ।

















