बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सप्पन्न भयो
शनिस्चरे । अर्जुनधारा नगरपालिका-१ शान्ति चोक ,सिस्नेमा साहित्यकार पदमबहादुर निरौलाको नेतृत्वमा आज बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा लेखिका गङ्गादेवी अनुरागीको पुस्तक “ज्ञान दर्शन” कार्यक्रमका सभापति वेणुप्रसाद पनेरु अतिथिहरू चन्द्र भण्डारी, पुण्य बराल, भुवन तामाङ र स्वयम् लेखिका गङ्गा अनुरागीले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। वरिष्ठ लेखक तथा पत्रकार चन्द्र भण्डारीले मन्तव्य राख्नुका साथै पुस्तकमाथि समीक्षा भुवन तामाङले गर्नु भएको थियो ।
पुस्तकको बारेमा सानो मन्तव्य लेखिकाले राखेपछि कार्यक्रम दोस्रो सत्रमा प्रवेश गरेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा क्रमशः लय भण्डारी, गणेश निरौला, पुण्य बराल, पुष्प काफ्ले, कमल कोइराला, अर्जुन पाण्डे, शशिधर भण्डारी, प्रचुर अभाव, उषा अधिकारी, धनबहादुर श्रेष्ठ, वसन्त तिम्सिना, अधीश निरौला, भुवन तामाङ, युवराज लोहार, मोहन निरौला, लीलबहादुर तिम्सिना, कालीबहादुर थापा,माधव तिम्सिना, गरिमा चापागाईँ, लक्ष्मीप्रसाद सुब्बा, मुना चापागाईँ, सभ्यता मिश्र, सरस्वती मिश्र, दुर्गा मिश्र, प्रतिभा कोइराला, आराध्य भण्डारी, लक्ष्मण खड्का, आयुस मिश्र, लेखनाथ मिश्रलगायत धेरै साहित्यकारहरूले कविता वाचन गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण साहित्यकार तथा अर्जुनधारा नगरपालिका वडा न• १ का समाजसेवी पदमबहादुर निरौलाले गर्नु भएको थियो।

















