विश्वकर्मा पूजाको अवसरमा सिप्रदीद्वारा एकै दिन देशभर १५० वटा टाटा गाडीको डेलिभरी
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विश्वकर्मा पूजाको शुभ अवसर पारेर एकै दिन देशभर १५० वटा टाटाका सवारीसाधन ग्राहकलाई हस्तान्तरण (डेलिभरी) गरेको छ । नेपाली समाजमा नयाँ सवारीसाधन, यन्त्र तथा उपकरण खरिद गरी पूजाआजा गर्ने विशेष दिनका रूपमा विश्वकर्मा पूजालाई लिइन्छ । यही धार्मिक तथा सांस्कृतिक अवसरलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना देशभर रहेका २२ वटा आधिकारिक शोरुमहरूबाट एकसाथ ती गाडीहरूको डेलिभरी दिएको हो । कम्पनीका अनुसार हस्तान्तरण गरिएका गाडीहरूमा पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बन्दै गएका टाटाका आधुनिक विद्युतीय सवारीसाधन (ईभी) र इन्टर्नल कम्बसन इन्जिन (आईसीई) युक्त गाडीहरू रहेका छन् । विशेषगरी, विद्युतीय खण्डमा टाटाका नयाँ पुस्ताका मोडलहरू जस्तै— नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड तथा भर्खरै चर्चामा रहेको कर्भ ईभी प्रति ग्राहकको अत्यधिक आकर्षण देखिएको छ ।
यसका साथै परम्परागत इन्धन (पेट्रोल,डिजेल) बाट चल्ने आईसी इन्जिनयुक्त मोडलहरू समेत उत्साहजनक संख्यामा हस्तान्तरण गरिएको सिप्रदीले जनाएको छ । डेलिभरी गरिएका अधिकांश गाडीहरू हालै सम्पन्न भएका ‘नाडा अटो शो’ तथा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ का क्रममा सार्वजनिक, लन्च तथा बुकिङ भएका सवारीसाधन हुन् । अटो शो तथा मोबिलिटी एक्स्पोमा ग्राहकहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बुकिङपछि वित्तीय तथा प्राविधिक प्रक्रिया पूरा भएका गाडीहरूलाई विश्वकर्मा पूजाको साइत पारेर घर भित्र्याउने व्यवस्था मिलाइएको कम्पनीले स्पष्ट पारेको छ । पछिल्लो समय नेपालमा वातावरणीय दिगोपन र इन्धन बचतका कारण विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको प्राथमिकता तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा एकै दिन यति ठूलो संख्यामा गाडीहरू डेलिभरी हुनुले नेपाली अटोमोबाइल बजारमा टाटा मोटर्स र सिप्रदी ट्रेडिङप्रतिको विश्वसनीयता अझ बलियो भएको पुष्टि गर्दछ ।

















