नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बिजुक्छेले ६८७ मत पाउँदा प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ मत प्राप्त गरे । महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४४८ मतदाता रहेकामा १ हजार ३४१ मत खसेको थियो । महानगर कार्यसमितिको उपसभापतिमा कीर्तिबल्लभ त्रिपाठी विजयी भए । महिला उपसभापतिमा सुजिता तामाङले जित निकालिन् । सचिवमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भए । सहसचिवमा दामोदर पराजुली निर्वाचित हुँदा अन्य पदमा भने निर्विरोध भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *