२५ जिल्लामा भोलि पनि पूर्णरुपमा यातायात बन्द

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मौसम बदली छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण लगातार वर्षा भइरहेको छ। वर्षाका कारण यहाँका खोलानालामा जलसतह बढिरहेको छ। ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्षासँगै बाढी पहिरोको जोखिमका आधारमा ७७ जिल्लालाई तीन भागमा विभाजन गरेको छ। जोखिमलाई रातो, सुन्तला र पहेँलो रङमा विभाजन गरिएको छ।

जसअनुसार २५ जिल्ला रातो अर्थात् धेरै जोखिममा छन्। बाढी पहिरोको उच्च जोखिममा रहेका कारण ती जिल्लाहरूमा सवारी साधन राति र दिउँसो दुवै समयमा पूर्णरुपमा बन्द गर्न प्राधिकरणले सुझाएको छ। त्यस्तै सुन्तला रंगले संकेत गरिएका २९ जिल्लाहरुमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय आवश्यक निर्णय लिने भनिएको छ। पहेँलो रङले संकेत गरिएका २३ जिल्लाहरूमा सतर्क रहने भनिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *