आफ्नो दोष लुकाउन प्रश्न उठाउनेमाथि हमला

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने पूर्व सन्ध्यामा देशभित्र भने मानवअधिकार कानुनी राज र लोकतन्त्रलाई धज्जी उठाउने डरलाग्दा घटना घटिरहेका छन् । केही समय यता २०८२ भदौ २३ र २४ गतेका घटनाका बारेमा अनेक विवादास्पद धारणाहरू सार्वजनिक भइरहेका छन् । उक्त घटनामा वर्तमान प्रधानमन्त्री साह, गृहमन्त्री सुदन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, सांसदहरू सागर ढकाल र रञ्जु दर्शनाका बारेमा अमेरिकी अनुसन्धानमूलक पत्रिका ‘द ग्रे जोन’ले दिएको रिपोर्टलाई लिएर चर्को बहस भइरहेको छ । त्यो पत्रिकाले दिएको रिपोर्टले हिंसात्मक वारदातमा वर्तमान सरकार पूर्णरुपमाले दोषी रहेको देखाएको छ । त्यस पत्रिकाले सार्वजनिक गरेको रिपोर्टले अहिले पुरै माहौल ताते पनि रास्वपा, वर्तमान सरकार र रिपोर्टमा यी सहित व्यक्तिहरूको रहस्यमय मौनताले नेपाली राजनीतिलाई तरङ्गित पारेको छ । रिपोर्ट सत्य हो भने सम्बन्धित व्यक्तिले त्यसलाई स्वीकार गरी जिम्मेवारी स्वीकार गर्नुपर्छ यदि गलत हो भने तथ्य सहित खण्डन गरिनुपर्छ । तर त्यसो नगरी सरकार सम्बन्धित व्यक्ति र रास्वपा भने मौनता साँधेर बसेका छन् । त्यसलाई आम जनताले मौन सहमति लक्ष्यणमः ठानेर वास्तविक दोषी तिनै रहेछन् भन्ने बुझ्न थालेका छन् । अमेरिकी पक्ष, त्यसले गरेको लगानी र त्यसले २०८२ भदौको महाविनाशमा खेलेको भूमिकालाई लिएर प्रश्न उठाउनेहरूप्रति सरकार आक्रामक देखिएको छ । रिपोर्टलाई आधार बनाएर श्रव्यदृष्य सामग्री निर्माण गरी युट्युबमा अपलोड गर्नेहरूलाई सरकारले टार्गेट गरेर आक्रमण शुरु गरेको छ । त्यसको चर्को मारमा परेका छन् राजनीतिक विश्लेषक भरत दाहाल । दाहाललाई उनको दल त्रिमोल पार्टीको कामले पूर्वतिर गएको बेला मोरङमा गिरफ्तारी गरी काठमाडौँमा ल्याइएको छ । दाहालले वर्तमान सरकारको असली औकात देखिने गरी आएको ग्रेजोनको प्रतिवेदनलाई राम्ररी चिरफार गरेका थिए । उनले रिपोर्टमा पत्रिकाको धारणा के छ, अमेरिकाले लगानी गर्ने आधार के हुन्, उसले सत्ता परिवर्तनको खेल किन खेल्यो जस्ता विषयमा सर्वसाधारणलाई प्रस्ट पार्ने गरी भिडियो बनाएका थिए । त्यो भिडियो हवाई कल्पनामा आधारित थिएन । त्यसका प्रस्ट आधारलाई केलाएर बनाएको भिडियोलाई नै आधार बनाएर दाहालको गिरफ्तारी भएको विश्वास अहिले आम जनताले गरेका छन् । यदि दाहाललाई ग्रेजोनको रिपोर्टको चिरफार गरेकै कारण गिरफ्तार गरेको हो भने दालमा कुछ काला है भन्ने ठान्नुपर्ने स्थिति देखिन्छ । सरकारको मौनताकै कारण अहिले हजारौँ भिडियोहरू बनेका छन्, लाखौँलाख सामाजिक सञ्जालमा सामग्रीहरू बनेका छन् ।

लाखौँ जनताले त्यो घटनामा सरकार नै दोषी रहेछ भन्ने निष्कर्ष निकालेका छन् । यदि रिपोर्टले इङ्गित गरेका व्यक्तिहरू निर्दोष हुन् भने त्यसको तथ्यगत खण्डन आउनु जरुरी छ । त्यो सामग्री प्रचार नगर, भनेर तर्साउँदा उल्टो परिणाम निस्कन सक्छ । खास गरेर भरत दाहालको गिरफ्तारीपछि चाहिँ सरकार पुरै नाङ्गिएको छ । अझ सागर ढकालले सात लाख रुपैयाँ लिएको स्वीकार गरेपछि त एक वर्ष अघिको घटनामा भएको हिंसाको दोषी तत्कालीन सरकारभन्दा पनि रास्वपा र रवि, बालेन, सुधन बढी जिम्मेवार देखिन्छन् । भदौ २३ गते हिंसा भड्काउने नियतले नै कलिला केटाकेटीलाई वीरेन्द्र अन्तर्राष्ट्रिय सभा भवन जहाँ संसद्को अधिवेशन चल्ने गरेको थियो । त्यहाँ लैजानेको पहिचान खुलाउने महत्त्वपूर्ण दस्तावेजिका रूपमा ग्रेजोनको उक्त प्रतिवेदन बाहिर आएको छ । त्यसलाई तथ्यले पुष्टि गर्ने पर्याप्त आधार पछि छ । सुधन गुरुङको डिस्कोर्थ प्रयोग गरेर नै हिंसालाई विस्तृत गइएको छ, काठमाडौँ महानगरले गाडी नै लिएर गएर पानी बढ्ने तर आगो लागेको ठाउँमा दमकल नपठाउने अवस्था किन आयो । अझ महानगर प्रमुख बालेन्द्र साहले त दमकल कुनै पनि हालमा ननिकाल्नु भनेर कडा आदेश नै दिएको कुरा यस अघि नै सार्वजनिक भइसकेको छ । ललितपुर महानगर प्रमुख चिरीबाबुले दमकल पठाएर धेरै ठाउँमा आगो नियन्त्रणमा लिइएको थियो । यो तथ्यलाई तत्कालीन प्रधानन्यायाधीशले यथासमय सार्वजनिक गरिसकेका छन् । त्यसलाई ढाकछोप गर्न गरिएका बहानाबाजी पनि गलत प्रमाणित भइसकेका छन् । विदेशी लगानीमा सत्ता पल्टाउने अनेक घटना सदियौँदेखि हुँदै आएका छन् । त्यसमा सेनाको प्रत्यक्ष नेतृत्व रहने गरेको पनि छ । नेपालको उक्त घटनामा पनि सेना निर्णायक त देखिन्छ तर मैदानमा हतियार नउठाएरै देश जलाउनेलाई सहयोग गरेर । यो कुरा बारम्बार प्रमाणित भइसकेको छ । सेना, अमेरिकी पक्ष र जेनजीको नाममा क्षदम भेषमा चल्नेहरूकै कुरामा देशलाई वर्वाद परिएको हो । जलाउने ग्याङको नाइके वर्तमान प्रधानमन्त्रीले आफ्नो जलेको कार्यालयलाई समेत पुनर्निर्माण गर्न सकेका छैनन् । यस्तो अवस्थामा अमेरिका पुगेका प्रमले विश्वलाई के सन्देश दिन्छन् भनेर अपेक्षा गर्नु । वर्तमान सरकारको औकात त एक महिना अघि भोटेकोशीको बाढी र त्यसमा सरकारले खेलेको भूमिले नै देखाइसकेको छ । वर्तमान प्रधानमन्त्री प्रधानमन्त्री हुन लायक रहेछन् कि रहेनछन् भनेर विश्व जगतले मूल्याङ्कन गर्ने धार पनि उनको भूमिका र काम नै हो । उनले प्रधानमन्त्री भएको ८ महिनामा नेपाली जनताका लागि गरेको काम के हो भनेर सोध्नेलाई के जवाफ दिनु र त्यसको औचित्य पुष्टि गर्नु !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *