सिद्धार्थ राणाद्धारा ७ अर्ब लगानीमा रविभवनमा ५ तारे लक्जरी होटल बनाउँदै

काठमाडौं । काठमाडौंको रविभवनमा ७ अर्ब बढी लगानीमा पाँच तारे स्तरको होटल तथा रिसोर्ट बन्ने भएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ लगानीमा लक्जरियस होटल र रिसोर्ट बनाउन लागेको हो । कम्पनीले द ‌ओब्रोय काठमाडौं ब्रान्डमा सन् २०२५ जुनबाट नै होटल तथा रिसोर्ट बनाइरहेको छ । सन् २००४ मा स्थापना भएको यो कम्पनीले ७५ वटा कोठा सुविधासहित होटल निर्माण गरिरहेको हो । कम्पनीले होटल निर्माणका लागि कर्जा र इक्वीटीको अनुपात ६०ः४० राखेको छ । लगानीकर्ताले हालसम्ममा २ अर्ब ८५ करोड रुपैयाँमध्ये ८४ प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ लगानीको व्यवस्थापन गरिसकेको छ ।

कम्पनीअनुसार हालसम्ममा होटल निर्माणको कार्य प्रारम्भिक चरणमा नै रहेको छ । गत असार मसान्तसम्ममा होटल निर्माणको लागि ३८ प्रतिशत वित्तीय प्रगति भइसकेको छ भने निर्माणतर्फको वित्तीय प्रगति ५७ प्रतिशत भएको छ । कम्पनीले होटल तथा रिसोर्टको प्रति कोठा निर्माण गर्न ९ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । जसमा ऋणको हिस्सा ६० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीले सन् २०२९ को सेप्टेम्बरबाट होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले होटल निर्माण गर्न दीर्घकालीन कर्जाका लागि ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । जुन कर्जाका लागि कम्पनीले एलबी प्लस रेटिङ प्राप्त गरेको छ । कम्पनीले भारतको द ओब्रोय होटल्स एन्ड रिसोर्ट लिमिटेडसँग होटल निर्माणका लागि सम्झौता गरिसकेको छ । कम्पनीमा ६० प्रतिशत लगानी सिद्धार्थ एसजेबी राणाको रहेको छ । बाँकी हिस्सा पनि उनका दुई वटा कम्पनी सूर्य इन्टरप्राइजेज प्रालि एस आर होल्डिङको २०र२० प्रतिशत स्वामित्व छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *