भाटभटेनीमा सामान किन्नुहोस्, अनि जित्नुहोस् २ वटा नयाँ टाटा पन्च ईभी

काठमाडौँ। नेपालीहरूको महान चाड बडा दशैंको मुखमा बजारमा किनमेलको चहलपहल बढेको छ। तिहार हुँदै छठसम्म चल्ने यसै उत्सवको माहौललाई अझ विशेष बनाउन देशकै ठूलो सुपर मार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्। यस पटक भाटभटेनीमा दशैंको किनमेल गर्दा सामान मात्र घर लगिने होइन, नेपालमा सार्वजनिक भइरहेको इलेक्ट्रिक एसयुभी, नयाँ टाटा पन्च इभी नै किन्ने अवसर पनि प्राप्त गर्न सकिनेछ। योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एक पटकमा रु. २ हजार ५ सय वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लकी ड्रमा सहभागी हुन सक्नेछन्। खरिदको क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लकी ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च इभी पुरस्कार प्रदान गरिनेछ। साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट स्क्यान गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटा पन्च इभी कार किन्न सक्ने भाटभटेनीले जनाएको छ। यो दशैंमा भाटभटेनीमा किनमेल गर्दा ग्राहकले दुई वटा टाटा पन्च इभी किन्न सक्ने अवसर पाउनेछन्।

यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च इभी अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार पारिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो। नयाँ पन्च इभीमा वैज्ञानिक ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ। अत्याधुनिक ‘एक्ट.इभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च इभी २५ केडब्लुएच र ४० केडब्लुएच क्षमताका दुई विकल्पमा उपलब्ध छ। नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एकपटकको पूर्ण चार्जमा यसले ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यस मोडलमा १९० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, बिएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी डीसी फास्ट चार्जर, भ्वाइस एक्टिभेटेड सन्रुफ, २६.०३ सेन्टिमिटरको टच इन्फोटेनमेन्ट तथा डिजिटल क्लस्टर, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश छ। टाटा मोटर्सका नेपालमा रहेका २० वटा सर्भिस सेन्टरसँगै अब नेपालभरिका २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिनेछ। यस दशैंको बेला भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले थुप्रै सुविधा पाउने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *