विद्या भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् । पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई एमालेले यही असोज ८ गते वरिष्ठ नेता बनाएको थियो । उनको वरीयता ओलीपछि हुने गरी तोकिएको छ । भण्डारी राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी ११ वर्षपछि एमालेको सक्रिय राजनीतिमा फर्किएकी हुन् । शपथपछि उनी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *