नुवाकोटका बाढी प्रभावित २१ परिवारलाई प्रचण्डले गरे घर हस्तान्तरण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटका बाढी प्रभावित २१ परिवारलाई घर हस्तान्तरण गरेका छन् । मंगलबार (असोज २७) प्रचण्डले वाईसीएल नेपालले निर्माण गरेका घर प्रभावित परिवारलाई हस्तान्तरण गरेका हुन् । “आज रसुवा जाने क्रममा उहाँले नुवाकोटका २१ जना बाढी प्रभावितलाई घर हस्तान्तरण गर्नुभएको हो,” प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । वाईसीएल नेपालले बाढी प्रभावितका निम्ति १६० घर निर्माण कार्य अघि बढाएको छ । प्रचण्डले यसअघि प्रभावितका निम्ति अस्थायी आवास निर्माणमा जुट्न वाईसीएललाई निर्देशन दिएका थिए । बाढीपछि प्रभावितको अवस्था र पुनर्निर्माणको प्रगति बुझ्न उनी मंगलबार रसुवा पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *