लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त
काठमाडौं । लक्ष्मी सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई बैंकको व्यवस्थापकीय नेतृत्व अर्थात् प्रमुख कार्यकारी अधिकृतमा नियुक्त (सिईओ) गर्ने निर्णय गरेको हो ।
असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नवनियुक्त सीईओ भट्टराईको कार्यकाल आगामी कात्तिक १५ गतेदेखि लागू हुने बैंकले जनाएको छ । हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको दोस्रो कार्यकाल पुरा भएसँगै बैंकले भट्टराईलाई प्रमुख कार्यकरी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई हाल लक्ष्मी सनराइज बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।

















