आज एनपीएलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजेपछि हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो । पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

यस्तै यसअघि भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी सुरुआत गरेका हुन् । अंक तालिकमा लुम्बिनी, कर्णाली र चितवन क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *