कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ ।कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *