सुरु भयो नेपालमा ‘अर्नब’को प्रभाव

काठमाडौं । शक्तिशाली चक्रवात (अर्नब)का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी हिमली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । अर्नबका कारण देशभर साधारणतया बादल लागेको छ । पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान ८ः१५ बजे जमिनमा प्रवेश गरेको थियो ।जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको छ । आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ । आजदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने यसअघि नै विभागले बताइसकेको छ । धानबाली भित्र्याउनेलगायत कृषि कार्य शनिबारसम्म नगर्न महाशाखाले आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन भनेको छ । पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाँउमा रहन विभागले आग्रह गरेको छ । यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *