सर्वोच्चले अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान अघि बढाउन बाटो खुल्ला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले बिउँत्याइदिएको छ । काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले हत्या गरिएका लामाकी पत्नी पूर्णीमायाको रिटमा उत्प्रेषणको आदेश जारी गर्दै सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउने बाटो खुल्ला गरिदिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *