अध्यक्षविरुद्धको गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष : एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यस लगत्तै अध्यक्ष नेपालसहित अपरान्ह बसेको पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । हामी शीर ठाडो पारेर यस्ता प्रक्रियाको विरोधमा जान्छौं । हामी अदालतबाट क्लिनचिट लिएर गलत, योजनाबद्ध, षड्यन्त्र खारेज गर्ने सन्देश दिनेगरी फर्कन्छौं, उपाध्यक्ष ज्वालाले भने ।
साथै, पार्टी पंक्तिलाई कुनै पनि भ्रम नपर्न आग्रह गरे । हाम्रा नेताहरूका विरुद्धमा पहिलेदेखि नै प्रहार हुँदै आएको थियो । त्यस्ता षड्यन्त्र परास्त गर्दै आयौं, बैठकपछि ज्वालाले भने, आज फेरि अध्यक्ष कमरेडविरुद्ध मुद्दा दायर गरेर अर्को एउटा षड्यन्त्र, राजनीतिक प्रतिशोधसहित गरिएको छ । हामी यो कुराको प्रतिवाद र भण्डाफोर गर्छौं । आफूहरू मुद्दाबाट पछि नहट्ने बताउँदै अध्यक्षले अहिलेसम्म कुनै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगरेको उनले बताए । ‘सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने र आर्थिक चलखेल गर्ने कुनै काम गर्नुभएको छैन ।