प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ ।
आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने जनाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।
बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।















