इन्भेष्टमेण्ट मेगा बैंकले इन्जिनियर्स एसोसिएसन सदस्यलाई विशेष छुट दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यवसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने छ ।
बैंकका २ सय ७५ शाखामार्फत बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंक सीईओ पाण्डेले जानकारी दिए । सम्झौताबाट इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
















