वाइसिएलमा अध्यक्ष र महासचिव सर्वसम्मत

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योंग कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प वली सर्वसम्मत चुनिएका छन्। जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिन वाइसिएलले अध्यक्ष र महासचिव सर्वसम्मत टुंगो लगाएको हो। अध्यक्षमा पुष्प वली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

वाइसिएल अध्यक्षका लागि सुरूमा १३ जना आकांक्षी थिए। छलफलपश्चात ७ जना पछि हटेका थिए। महासचिव चुनिएका गणेश शाही पनि अध्यक्षकै आकांक्षी थिए। वलीसँगै केहरसिंह कुँवर, कर्म पुलामी, नवराज ऐरलगायत अध्यक्षका आकांक्षी थिए। ‘बृहत छलफलपछि उहाँहरु सर्वसम्मत चयन गर्ने विषयमा सहमत हुनुभयो, अध्यक्ष निर्वाचित वलीले भने। उनका अनुसार तत्कालका अध्यक्ष र महासचिव टुंगो लागेको छ। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा छलफल भइरहेको र बेलुकासम्म टुंगो लाग्ने बताए। वाइसिएलमा यसअघि ६१ पदाधिकारी र तीन आयोग (लेखा, निर्वाचन र अनुशासन) सहित ३५१ सदस्यीय केन्द्रीय कमिटी थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *