आज संसद संचालन हुने
काठमाडौँ । नेपाली कांग्रेसले आज संसद संचालन हुने बताएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजदेखि संसद जबर्जस्ती भएपनि संचालन हुने दाबि गरेका छन् । संघीय संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले धेरै दिन भएकोले यसलाई लम्ब्याएर लैजान नसकिने भन्दै आज संसद चल्ने दाबी गरेका हुन् । उनले भने- संसद चल्छ, संसदका क्रियाकलापहरु आजदेखि संसद कार्यसूचीमा प्रवेश गर्छ । धेरै दिन भयो, यसलाई लम्बाएर लैजान सकिदैन । आम जनतामा पनि यसले राम्रो संदेश दिएको छैन । एकदमै निहु खोज्ने हिसाबले विपक्षी दलबाट कुराहरु आएको छ । यसलाई सधै यहि ढंगले अनिर्णयको बन्दी बनाउन सकिदैन ।’
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् ।