गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

जनकपुरधाम । गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई नगरपालिका प्रवेशमा रोक लगाइएको छ।

आइतबार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता तथा चलानी किताब खोसेको लगेको समाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। सोही विषयलाई लिएर नगर प्रवेशमा रोक लगाएको उपप्रमुख कुशवाहको भनाइ छ। गौशाला उपप्रमुख कुशवाहाले नगरपालिकामा आफूलाई मेयरको निर्देशनमा नगर प्रहरीले रोक लगाएको भन्दै भिडियो सन्देश जारी गरेकी छन्।

भिडियोमा उनी नगरपालिकाको मुख्य गेटमा छिर्न खोज्दा नगर प्रहरीले माथिको आदेश भन्दै उनलाई प्रवेशमा रोक लगाएको देखिन्छ । भिडियोमा नगर प्रहरीले उपमेयरलाई प्रवेश गर्न खोज्दा मूल ढोक बन्द गरेको देखिन्छ । उनले पटक–पटक पत्राचार गरी कागजात उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध नगराएको तथा प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनको लागि पत्राचार गर्दा पनि जवाफ नपठाएकाले गौशाला नगरपालिकाको दर्ता,चलानी फाइल नियन्त्रणमा लिएको दावी गरेकी छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *