रास्वपाको महामन्त्रीमा वुर्लाकोटी, प्रवक्तामा झा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता मनिष झाले बताए ।
निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो । त्यस्तै कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । पार्टीले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको छ ।