रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए । उनले सरकारले नै मानव तस्करीको ¥याकेट चलाउनेलाई संरक्षण गरेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने जानकारी गराउँदै बैठक बहिस्कार गर्ने जानकारी दिए । तर सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा र राप्रपा सांसदहरुले बैठक कक्षबाट बाहिरिए ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *