एमालेले केन्द्रीय सचिवालय बैठक बोलायो
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने छ ।
एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ ।