‘सुख दुःख’ बाट फिल्म निर्देशनमा डेब्यु गर्दै नीता

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना फिल्म निर्देशनमा डेब्यु गर्ने भएकी छन् ।

नीताले फिल्म ‘सुख दुःख’ को घोषणा गर्दै यस फिल्मबाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । उनले फिल्म २०८३ को दशैँमा प्रदर्शन हुने घोषणा गरेकी छन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको छनौट भने हुन बाँकी रहेको छ । नीताले आफ्नै ब्यानरमा गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्व दीर्घ’ को निर्माण गरेकी थिइन् । नीताले ‘ह्रस्व दीर्घ’ मा अभिनय तथा निर्माण गरेकी हुन् ।

भारतीय अभिनेताहरुलाई सामेल गरेर बनाइएको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । फिल्म सुपर हिट नभएपनि लगानी उठाएको बताइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *