काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ, अस्पताल भर्ना

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका छन् ।

शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो । त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘उहाँलाई दमको बिरामी छ भनिएको थियो। सुरूमा वीर लगेको थियौं। त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने ।

ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए । भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *