‘माग्ने राजा’को टिजर सार्वजनिक
काठमाडौं । केदार घिमिरेको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को आज (सोमबार) टिजरले सार्वजनिक भएको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यस टिजर रमाइला संवादले भरिएका छन् ।
यस चलचित्रमा केदार घिमिरेलाई भिन्न भिन्न स्वरुप देखिने यस टिजरबाट बुझ्न सकिन्छ । झण्डैँ दुई मिनेट लामो टिजरमा घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल लगाएत छन् । केदार घिमिरेलाई टिजरमा नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।
आगामी भदौ ६ मा प्रदर्शन हुने तयारी भइरहेको सिनेमा आरम्भ प्रडक्सनको ब्यानरमा निर्माण भएको हो । मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पार्श्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ ।