आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे सुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान १० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *