स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो भएको बताएका छन् ।
प्रतिनिधिसभामा सोमबार बोल्दै उनले राष्ट्रसंघद्वारा आयोजना गरिएको विकास वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुत विचारबारे जानकारी गराए। प्रधानमन्त्री ओली असार १४ गते नेपालको नेतृत्व गर्दै स्पेनको राजधानी म्याड्रिड प्रस्थान गरेका थिए। असार २० गते स्वदेश फर्किएका उनले सम्मेलनमा सहभागी राष्ट्रहरूसँग भएको छलफल, नेपालले उठाएका मुद्दा र अन्तर्राष्ट्रिय समुदायसँग भएका संवादबारे सांसदहरूलाई जानकारी दिएका हुन्।
उनको भ्रमण राष्ट्रसंघीय तहमा विकास वित्तको पहुँच, पारदर्शिता र दीगो विकास लक्ष्यमा वित्तीय स्रोत परिचालन जस्ता विषयमा केन्द्रित भएको बताइएको छ। प्रधानमन्त्रीले नेपालको आर्थिक आवश्यकताका पक्षमा अन्तर्राष्ट्रिय सहयोग र लगानीको खाँचो औँल्याउँदै सम्मेलनमा नेपालले स्पष्ट र सशक्त आवाज उठाएको उल्लेख गरेका थिए।
पूर्णपाठ
















