कोठामा आगलागी हुँदा महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६, चेमजुङ गल्लीमा बिहीबार दिउँसो भएको आगलागीमा एक अपाङ्गता भएकी महिलाको ज्यान गएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, हरिप्रसाद गौतमको साढे तीन तले घरको भुइँतलामा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङको कोठामा दिउँसो ४ बजे आगलागी भएको थियो । काभ्रे चौरीदेउराली–३ स्थायी घर भएकी तामाङ सुतिरहेको अवस्थामा आगलागी हुँदा समयमै उद्धार हुन नसकेर जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उर्मिला बायाँ खुट्टा नभएकी अपाङ्गता भएकी महिला थिइन् ।

उर्मिला र उनका छोरा उक्त कोठामा बस्दै आएका थिए । आगलागीको समयमा उनका छोरा आफन्तकहाँ गएको प्रहरीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *