आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । नेपाल राष्ट बैंकले मौद्रिक नीतिमार्फत समास्याग्रस्त व्यवसायलाई सहजीकरण गर्ने भएको छ । जस अन्सुआर १० प्रतिशत ऋण बुझाएमा ऋणको पुनर्संरचना हुने व्यवस्था मौद्रिक नीतिले गरेको छ । त्यस्तै मौद्रिक नीतिमा घर कर्जा सीमा बढाइएको छ । अब निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्याइएको छ यो यसअघि दुई करोड थियो ।
यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रू १५ करोडबाट बढाएर रू २५ करोड पुर्याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।
हेर्नुहोस् पूर्णपाठ :