काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।

शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र दिउसो १७औं नगरसभा अधिवेशन हुने मेयर बालेन शाहले जानकारी दिए । बैठकमा नगर सभा बस्ने एक मात्र प्रस्ताव पेश गरिएको थियो भने सो प्रस्ताव पारित गर्दै बैठक शुरु भएको केही मिटेटमै सकिएको थियो । 

यसअघि आजै बसेको महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *